काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला एक हजार तीन सय र चाँदी ५० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भइरहेको भइरहेको छ ।