काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।  

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ। यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १५६/१५६ रुपैयाँ पर्छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ ।