काठमाडौं - बुधबार सुन- चाँदीको मूल्य बढेको छ।

आज  सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।