काठमाडौं - आइसिएफसि फाइनान्स लिमिटेडले मुनाफाबाट चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
फाइनान्सको हिजो (सोमबार) काठमाण्डौमा सम्पन्न २१ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो । साथै वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।
संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्यलाई आगामी चार चार वर्षको लागी निर्विरोध निर्वाचित भएका छन् ।
चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रहेका फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत एक लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को असोज मसान्त सम्म १८ अर्ब ६३ करोड निक्षेप संकलन र १५ अर्ब ४३ करोड कर्जा प्रवाह गरिसकेको छ ।


0 comment