काठमाडौं - नेपाली बजारमा मङ्गलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन तोलामा एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर आज एक हजार ८२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


0 comment