काठमाडौं - नेप्सेको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २५.४१ अंकले घटेको नेप्से आज पुन १५.५४ अंकले घटेर २५९४.१३ अंकमा झरेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.५६ अंकले घटेर ४४१.४२ अंकमा झरेको छ । नेप्सेमा आज ३२२ वटा कम्पनीको ६४ हजार २७८ पटकको कारोबारमा एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम ६ अर्ब ६५ करोड ८ लाख १३ हजार १०३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकामा सबै समूहको सूचक घटेर सेयर बजार राताम्मै देखिएको छ । वाणिज्य बैंक समूहको सूचक ४.८१ अंकले घटेर १३६७.९० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ३१.३९ अंकले घटेर ५ हजार ३६८.५८ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि ३८.६४ अंकले घटेर २८८५.१५ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि १८.०४ अंकले घटेर ३ हजार ६०३.६५ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि ६४.२७ अंकले घटेर १२ हजार ६४०.४८ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ३.०५ अंकले घटेर १२ हजार ४८३.९३ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ९०.४६, ०.६०, ५१.४६, २१.९६, ०.० ८, १२.९४ र ८३.७७ अंकले घटेका छन् ।नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।


0 comment