दिलविकास राजभण्डारी

हिन्दु धर्म शास्त्र बमोजिम पूजा, पाठ, हवन, उत्सव, विजय उत्सव, राज्यभिषेक, आदि शुभ कार्यमा शंख बजाउने कामलाई शुभ तथा अनिवार्य मान्ने चलन छ । यस्तै गरी हिन्दू मन्दिरमा विहान साँझको आरती पूजा पाठ आदिमा शंख बजाउनै पर्ने चलन छ । शंखनाद विा कुनैपनि पूजा अर्चना आदि अधुरो देखिन्छ । हाम्रा सबै पुजन कार्यमा शंखलाई साह्रै पवित्र मान्दछौँ । हुनत दुःखद् घडीमा पनि शंख बजाउने चलन छ जस्तो कि मुर्दा बोकी मलामी जाँदा पनि शंख अगाडि फुक्दै लैजाने चलन पनि छ । तर त्यो फुकाईमा फरक हुन्छ ।

शंखको विषयमा वेदमा विशेष महत्व बताएको छ कि शंख अन्तरिक्ष, वायु, ज्योतिषमण्डल आदिसँग सम्बन्धित छ । शंखको ध्वनीले शत्रुहरुकोआत्मवल घटाउने काम गर्दछ, हाम्रो सुरक्षा गर्दछ, शंखले राक्षस पिचासहरु दवाउने काम गर्दछ । त्यस्तै अज्ञात रोग एवं दरिद्रता आदिलाई भगाउने कामका साथै हाम्रो आयुलाई बढाउने काम गर्दछ । शंखको विषयमा यसो पनि भनिन्छ कि “पूजाको समयमा जो व्यक्तिले शंख सूर्य उदाउनुभन्दा पलिहे नै र साँझमा सूर्य अस्ताई सकेपछि मात्र शंख बजाउनु पर्दछ । कारण शंखको स्वरलाई सूर्यको किरणले धेरै बाधा पुर्‍याउन सक्दछ । शंख ध्वनीमा प्रदुषनलाई भगाउने अद्भूत शक्ति हुन्छ ।

शंखको विषयमा भारतका एक जना वैधानिक जस्को नाम हो जगदीश चन्द्र । उसले आफ्नो यन्त्रको माध्यमबाट खोजी गरेका छन् कि एक पटक शंख फुक्दा त्यसको ध्वनी जहाँसम्म पुग्दछ त्यहाँसम्मका विभिन्न प्रकारका रोगका किटाणु ध्वनिको स्पदनले मुर्छित तथा नष्ट भएको छ । भनिन्छ कि शंख एवं प्रकारकाले बजाउने हो भने वायुमण्डल नै किटाणु मुक्त हुनेछ । यसैगरी शंख ध्वनीको अनुसन्धान बर्लिन विश्व विद्यालयले गर्दा यस्तो पत्ता लगाएको छ कि शंखको तरंगले बैक्टीरिया मार्न सबैभन्दा सस्तो औषधी थाने, बैक्टोयिा मात्र कहाँ हो र मलेरिया(हैजा) किटाणु पनि शंख ध्वनीबाट नष्ट हुन्छन् र मानिसको मुर्छा पर्ने रोग, भिरगी, कंठमाला आदि रोगीहरुको भित्र शंख ध्वनी प्रक्रियाबाट रोगनाशक शक्ति बढाउँदछ । समाजमा यस्तो पनि भनिन्छ कि “शंख बज्यो–भूत भाग्यो” खास गरेर शंखको ध्वनीले साँच्चै नै भूत प्रेत आदिलायृ भगाउने काम गर्दछ । दरिद्रता पनि हटाउँदछ तथा नाश गर्दछ भन्ने विश्वास छ । यति मात्र होइन कि सधैँशंख ध्वनी सुन्ने होभने हृदयरोग नहुन सक्दछ । शंख बजाउनाले आफ्नो फोक्सो बलियो बनाउँदछ र दम जस्तो रोग लाग्दैन । श.ख बजाउँदा र ध्वनी सुन्दा शरीरका सबै अङ्ग प्रत्यङ्गलाई ठूलो प्रभाव पार्दछ जस्ले गर्दा मानिसलाई ब्लडप्रेसर, सुगर जस्तो रोग नलाग्नुका साथै नाक, कान, घाँटी तथा पाचन प्रक्रिया आदि रोग पनि लाग्ने सम्भावना कम हुन्छ । शंख बजाउँदा धेरै प्रकारबाट फाइदा देखिन्छ । यसकारण हामीहरुले शंखलाई घरमा प्रयोग गरिराख्नु शुभदायक हुन्छ ।