Horde = भिड The market is filled up with hordes of shoppers before every big festival हरेक ठूलो चाड आउनु अगावै बजार किनमेल गर्नेहरूको भिडले भरिभराउ हुन्छ ।
Impertinent = अभद्र । अनादरपूर्ण । छुद्र I had never expected an impertinent remark as such from your side तिमी तिरबाट यस्तो किसिमको छुद्रता प्रदर्शन होला भनेर मैले सोचेको थिइन ।
Jettison = मिल्काउनु । परित्याग गर्नु As he found the theory or idea impractical, he jettisoned it अव्यवहारिक लागेको कारणले गर्दा उसले त्यो सिद्धान्त वा विचारधारा प्रतिको आस्था नै त्यागी दियो ।
Knotty = गाँठो परेको । जटिल What is knotty to you has always been simple for him तिमी जुनकुरालाई जटिल मान्छौ त्यो उसको लागि सधै साधारण हुने गर्दछ ।
Lewd = अश्लिल । मजाक उडाउने वा गर्ने खालको He is infamous for his lewd expression अश्लिल अभिव्यक्तिको लागि उ कुख्यात छ ।
Mettle = धैर्य । सहास When challenged he presents himself to be a man of mettle चुनौतिको सामना गर्न पर्दा ऊ आफूलाई सदा धैर्यवान मानिसकोरूपमा प्रस्तुत गर्दछ ।
Nip = उत्थान, विकास र प्रगतिमा बाधा पार्नु । भण्डाफोर गर्नु । जाडोले कठ्यांग्रिनु The extreme cold has nipped my fingers अति जाडोले गर्दा मेरा औंलाहरू कठ्यांग्रिएका छन् ।
Ordain = आदेश जारी गर्नु The king ordained the christians not to convert by force the religion of local people स्थानीय जनताको धर्म परिवर्तन वलजफती पूर्वक नगर्नु भनेर राजाले आदेश जारी गरे ।
Perforate = लहरै स–साना प्वाल पार्नु For tearing easily the pages of a letter pad, you have to perforate them in upper part of the page लेटर पेडको पाना सजिलै च्यात्नको लागि पेजको माथिल्लो भागमा लहरै स–साना प्वाल पार्नु पर्दछ ।
Quotidian = दैनिक He follows a quotidian routine in order ro carry-out the activities in a very managed way धेरै व्यवस्थित तरिकाबाट आफ्नो कार्य सम्पन्न गर्नको लागि ऊ आफ्नो कामको दैनिक तालिका बनाई सो अनुरुप गर्दछ ।
Hold बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस्
Hold something for = कायम रहनु Such bad weather does not hold for long यस्तो खराब मौसम लामो समयसम्म कायम रहदैन ।
Hold something = अटाउनु This bottle holds three litres यो वोतलमा ३ लिटर अटाउछ ।
Hold against = सामना गर्नु This town has held against frequent enemy's attack यो शहरले वारंवार शत्रुको आक्रमणको सामना गरेको छ ।
Hold attention = खिच्नु A good teacher must be able to hold the attention of his pupils एक दक्ष शिक्षकले उस्का छात्रछात्राहरुको ध्यान खिच्न सक्नु पर्छ ।
Hold something on = राख्नु He holds strange view on religion उस्ले धर्म सम्वन्धमा अनौठो सोच राख्छ ।
Hold somebody for = ठान्नु I hold the parents responsible for their children's behaviour वच्चा वच्चीको वानीब्यहोरको लागि वावुआमा जिम्मेवार हुन्छन भन्ने ठान्छु म ।
Hold in = आयोजना गर्नु All our programs hold always in this meeting hall हाम्रा सबै कार्यक्रमहरु यहि बैठक हलमा आयोजना हुन्छन् ।
Hold good in = मिल्न One example may not hold good in all other cases एउटै उदाहरण सबै मुद्धामा मिल्छ भन्न सकिन्न ।
Hold something against somebody = वाधापार्नु A criminal record might hold against an appointment of a person to a public position एक आपराधिक सूचनाले कुनै ब्यक्तिलाई गरिने सार्वजनिक पदको नियुक्तिमा बाधा पार्न सक्छ ।
Hold back from = पर्नु She never holds back from telling the truth सत्य कुरा भन्न तिनी कहिले पछि पर्दैनन् ।



0 comment