काठमाडौं - नेपाली बजारमा आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।