काठमाडौं - मङ्गलबार सेयर बजार परिसूचक (नेप्से) १४ अङ्कले बढेको छ । आज परिसूचक २६२६ दशमलव ३१ बिन्दुमा उक्लिएको छ।
आज परिसूचकसँगै कारोबार रकम पनि थोरै बढेको छ । कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ४ अर्ब ३७ करोडको कारोबार भएको थियो ।
आज कारोबार भएका मध्ये १६७ कम्पनीको मूल्य बढेको छ । ७१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
त्यस्तै, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ ।


0 comment