काठमाडौं - आज सुन र चाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला तीस रुपैयाँले बढेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, निर्धारित मूल्य अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय ९० मा कारोबार भइरहेको छ।