काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद/बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।