काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य सात सय रुपैयाँले घटेको छ ।
मङ्गलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको मूल्य आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


0 comment