काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
आइतबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको सुनको मूलय आज प्रतितोला चार सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
आइतबार प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


0 comment