काठमाडौं - नेपाली बजारमा सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आइतबार घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ।


0 comment