काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ मा कारोबार भएकामा आज एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।


0 comment