काठमाडौँ - पशुपति क्षेत्र गौशाला भन्डारखाल अवस्थित श्रीहिन्दू प्रतिष्ठान नेपालको साधारणसभा सम्पन्न भयो ।
सो साधारणसभाले संस्थाको नीति कार्यक्रम आर्थिकआयव्यय, विधान संशोधन लगायतका प्रस्ताव पास गर्दै नयाँ कार्य समितिको चयन गरेको छ ।
भक्तबहादुर तामाङ(कृष्ण)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष प. जर्नादन पराजुली, उपाध्यक्ष कमला थापा, महासचिव युवापण्डित नवराज पराजुली, सचिव पोषणकुमारी श्रेष्ठ, कोषाध्यक्ष शेषानन्द दुलाल र सदस्यहरूमा शोभा अधिकारी, सुधा गोले लामा, पदमबहादुर तामाङ, रूबिना थापा र डेबिट धिमाल निर्वाचित हुनुभएको छ । उक्त संस्थाको संरक्षकको रुपमा निवर्तमान अध्यक्ष सुशील कोइरालालाई समेत चयन गरेको छ ।
सो साधरणसभाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापा र अधिवक्ता राजकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका पदाधिकारीद्वय थापा र श्रेष्ठले टीकाअविर लगाई कार्यकालको सफलताको लागि शुभकामना समेत दिनुभएको थियो ।
0 comment