नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अङ्कले बढेर २७३८. ०६ बिन्दुमा पुगेर बन्द भएको छ । 

आज बजारमा ९ अर्ब ७७ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाई धनीले गुमाएका छन् । आज यसका इकाई धनीले ६ प्रतिशतका दरले गुमाएका छन्।