काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६ दशमलव ६९ अङ्कले बढेर २६९२. ०५ बिन्दुमा बन्द भएको छ ।

बजारमा आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोेडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैङ्क, सानिमा जिआईसी कुथेली बुखरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै निफ्रा उर्जा ऋणपत्रका इकाई धनीले गुमाएका छन् । आज यसका इकाईधनीले १. ९५ प्रतिशतका दरले गुमाएका हुन् ।