प्राँगारिक खेतीको लागि उत्तम मल पाउन गड्यौला पालन गर्नुहोस्,फोहोरबाट मोहोर प्राप्त गर्नुहोस् ।

१- १मिटर चौडाई,६० सेमि उचाई, ५मिटर लम्बाई(आफ्नो आवश्यकतानुसार जति पनि राख्न सकिन्छ) को पीट तयार गर्ने । भूईं ढलान गरेर प्लाष्टर पनिँग गर्ने, हल्का भिरालो बनाउने र होचो भाग तिर १/२ इन्चीको पाइप राख्ने।
२- आफ्नो स्रोत अनुसार पीट जति पनि बनाउन सकिन्छ, माथिबाट घाम पानी बाट बंचाउन खर, पराल,एलिभेस्टर वा सिल्पालिन प्लाष्टिक सेटले छाउने, सकभर तातो रोक्ने छानो बनाउने ।
३- गड्यौला राख्नु भन्दा पहिले १५-२० दिन खातलगाएर ताते पछि सेलाएको गोबरलाई प्रयोग गर्नु पर्दछ। तल घाँस परालको सोतर एक तह राख्ने, त्यसमाथि सेलाएको गोबरको तह राख्ने, सोतर राम्ररी भिजेको हुनु पर्छ। यसै गरी तह तह गरी राख्ने। माथिल्लो तहमा गोबर मसिनो बनाएर राख्ने, भए सम्म गोबर ग्याँसको स्लरी राख्दा हुन्छ।
४-गोबर भरिसकेपछि एक छेउ बाट गड्यौला छोड्ने। गड्यौला धेरै भए फरक पर्दैन, प्रति वर्ग फिट २००का दरले राख्दा पुग्छ।
५- माथि बाट जुटको बोराले छोप्ने र हल्का सिंचाई गर्ने
६- पीटमा जम्मा भएको पानी पाइप बाट बाहिर निस्कन्छ, त्यसलाई भाँडोमा जम्मा गर्ने र पातलो हुंदा सम्म पानीको सट्टा प्रयोग गर्ने बाक्लो वा गाढा कालो भए पछि ड्रममा जम्मा गर्ने। यसलाई vermiwash भनिन्छ। यो अति राम्रो मल हो, १:४ को अनुपातमा पानी मिसेर बिरुवामा छर्न वा फेदबाट दिन सकिन्छ।

गड्यौलाको बेडिँगमा गल्ने, कुहिने सबै कुरा राख्न सकिन्छ तर लसुन, प्याज,माछामासु राख्न हुँदैन। प्लाष्टिक, नाइलन,ऊन जस्ता नगल्ने र नकुहिने वस्तु नराख्ने।

गड्यौला चिस्यान रुचाउने जीव हो किनभने यसको शरीरमा पानीको मात्रा बढी हुन्छ र शरीरको पानीको मात्रा कायम राख्न चिसो ठाउँमा बस्न रुचाउँछ। तसर्थ गड्यौलाको बेडमा ६०-६५% चिस्य्यान हुनु आवश्यक हुन्छ। ३५ डि से भन्दा बढी तापक्रम र १० डि से भन्दा चीसोमा गड्यौला फस्टाउन सक्दैनन् र क्याप्सुल बनाएर गुडुल्किन्छन्।

बेडिँग माथि राखिएको बोरालाई चीसो (भिजेको) बनाइराख्नु पर्दछ।

गड्यौलाले तलफर्केर खान्छ र कास्टिँग माथि सतहमा विसर्जन गर्छ। माथिल्लो सतहमा एक बित्ता जति मल थुप्रिए पछि हल्का संग सोहोरेर नजिकै छुट्टै पीट बनाई मल थुपार्नु पर्छ,यसो गर्दा मलमा भएका कोकूनहरु Hatching कोरलिनपाउँछन् ।बेडिँग वा पीटमा मल तयार भैसके पछि ३ एमएम् को चाल्नाले चालेर गड्यौला र मल छुट्याउनु पर्छ।गड्यौलासंग गेडुलामल र नपचेका मल तथा अन्य वस्तु हुन्छन्, त्यसबाट गड्यौला छुट्याउन उज्यालोमा लगेर प्लेनसिट वा प्लाष्टिकमा लाम्चो पारेर थुप्र्याउने र उज्यालो बढी पार्ने( cfl चिम बाल्न सकिन्छ)। गड्यौलाले प्रकाश मन नपराउने भएकाले गड्यौला जति तल जम्मा हुन्छन्, माथि भएको मललाई सोहोरेर जम्मा गर्न सकिन्छ।

अनुरोध:
गड्यौलामल प्राँगारिक खेतीको लागि अति उत्तम मल हो। हुनत अहिले विभिन्न नामबाट प्राँगारिक र जैविक मल उत्पादन भएका छन्, ति सबैमा एकै मात्रामा पोषण तत्वहरु नहोलान्,तैपनि मात्राको _कमवेशी प्रयोग गरेर प्राँगारिक खेती गर्न क सकिन्छ, तापनि आफैंले गड्यौलामल उत्पादन गरेर प्रयोग गर्दा सस्तो र भरपर्दो हुने भएकोले सबै कृषकहरुलाई गड्यौलापालन गरी मल उत्पादन र प्राँगारिक खेती शुरु गर्न अनुरोधगर्दछु।

कृष्णमुरारी घिमिरे
नारायणी नगरपालिका-११ शीतलपानी,चितवन
सम्पर्क नं ९८४५०६६९८८

(स्रोत :- कृषि बिकाश , प्रबिधि र उधम का लागि सहकार्य)