काठमाडौं - नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट १५ दिनमा १ लाख १९ हजार २९ सवारीसाधन गुड्दा १ करोड ६४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

सुरुङ सञ्चालनमा वार्षिक २२ करोड रुपैयाँ खर्च हुने अनुमान छ भने चाडबाडका कारण सुरुआती चरणमा दैनिक औसत १० लाख ९६ हजार रुपैयाँ राजस्व उठेको छ।

सुरुङमार्ग चौबिसै घण्टा सञ्चालनमा रहे पनि पैदलयात्री, दुईपांग्रे तथा अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ।