काठमाडौं - प्रधानमन्त्रीले बालेन शाह भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

उनी सोमबार साँझ स्वदेश फर्किएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा उनी आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका थिए । भ्रमणका क्रममा विभिन्न भेटघाट, उद्घाटन,  शिलान्यास र समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

यसैबीच प्रधानमन्त्री शाहले नेपाल फर्किए लगडत्तै भारतीय समकक्षी मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।