काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन् । नेपाली प्रतिनिधिमण्डलसहित उनी आज साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको उडान मार्फत् काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सो भेटमा दुई देशका पारस्पारिक हितका विविध विषयमा कुराकानी भएको थियो । सो उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुई देशबीचका विभिन्न सहयोग तथा परियोजनामा सम्झौता तथा शिलान्याश भएको थियो ।आजै दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।


0 comment