काठमाडौं । भट्टिमा रक्सी पिउनेहरु बिच भएको बिबादमा झगडा हुदा एकजनाको हत्या भएको छ।हत्या आरोपमा प्रहरीले एक्स जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा कैलाली घोडाघोडीकै १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री रहेकाछन।
घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति पसलमा रक्सी खानेक्रममा भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो ।
पसलमा बसेर रक्सी पिउदा पछि सुरुमा गालीगलौज भएपछि यो घटना भएको हो। विवाद बढ्दै गएपछि विक र क्षेत्रीले केशरसिंहलाई धारिलो हतियारले राति ११ः ४५ बजे घाँटी रेटेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनु भयो ।
हत्या गरेपछि बिक र क्षेत्रीले केशरसिंहको टाउको लिएर आफन्तकोमा पुगेका थिए । आफन्तले लुकेर हुँदैन प्रहरीकोमा जानुपर्छ भनेपछि उनीहरू प्रहरीकोमा आइपुगेको प्रबक्ता सिंहले बताउनु भयो ।
पहिला कुनै रिसिबी पनि केही देखिएको छैन । विक र क्षेत्रीको केशरसिंह सँग चिनजान समेत नभएको पाइएको छ । पसलमा बसेर रक्सी पिउने क्रममा एकले अर्कोलाई गाली गरेपछि विवाद सुरु भएको देखिएको उनले प्रबक्ता सिंहले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइसकेको प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनु भयो ।


0 comment