काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव आउँदो वैशाखमा गर्नुपर्ने बताएका छन् । अध्यक्ष ओलीले बिहीबार सम्पादकसँगको छलफलमा वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका हुन्।
उनले स्थानीय तहको चुनावलाई पछि धकेलेर एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गर्न सकिने बताए ।अब हुने चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ भन्दै दुवै चुनाव प्रतिनिधि सभाको जस्तो नहुने उनको भनाइ थियो। दुई तिहाइको सरकार भन्दैमा जे पनि गर्न नपाइने उनको चेतावनी थियो।


0 comment