काठमाडौँ — पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालयका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको जनाएको छ ।
मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि छ ।
पूर्व मुख्यसचिव अर्याल भारतबाट पक्राउ पर्नु भएको हो मन्त्रालयले भन्यो । थप विवरण सार्वजनिक हुँदै जाला’, मलेसिया प्रकरणमा प्रहरीले तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ गरिसकेको छ ।
उनीहरु विरुद्ध ठगी र सङ्गठित अपराधको कसुरमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ । सरकारले उच्च पदस्तहरुलाई धमाधम कानुनको दायरामा ल्याउने प्रयास गरिरहेको छ ।


0 comment