काठमाडौं - मन्त्रीपरिषद विस्तार र सरकार सञ्चालनका विषयमा राष्ट्रपति,प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच अहिले शितलनिवासमा बैठक बसिरहेको छ ।
शीतल निवासमा बोलाइएको बैठकमा जेनजीबाट ढुंगानाको समूह,सुधन गुरूङको समूह लगायत सहभागी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषदलाई पूर्णता दिने प्रयासका क्रममा जेनजीसँग छलफल गर्न लागेकी हुन् ।
जेनजीबाट चारजना मन्त्री बनाउन लागिएको भन्दै हिजो अचानक नाम सार्वजनिक भएपछि जेन्जीका केही समुह आक्रोशित भएका थिए ।


0 comment