काठमाडौं - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। 

वर्तमान देशको स्थिति हेरी राजीनामा दिएको उनले बताए।  

२०८१ साल ३ महिना ३१ गतेदेखि युवा तथा खेलकुद मन्त्रीको पदभार सम्हालेका तेजुलाल चौधरीले राजीनामा बुझाएका हुन्।