काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
जेनजीको प्रदर्शन थेग्न नसकेपछि अन्तत प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
जेनजीको सोमबारको प्रदर्शनमा देशभर गरी १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री,गृहमन्त्री र सञ्चारमन्त्रीको चर्को आलोचना भएको थियो ।
प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले राजनीतिक निकासका लागि राजीनामा दिएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।
प्रधानमन्त्रीबाट राजीनामा दिँदै उनले भनेका छन्, ‘हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’


0 comment