काठमाडौं - ग्रेटर नेपाल ग्रेटर अभियानले कतै चीन आफैँले एक चीन नीति त्यागेको त होईन भनेर प्रश्न गरेको छ । 

हुलाक मार्फत चीनसहित भारत, पाकिस्तान र अमेरिकी दुतावासका साथै प्रधानमन्त्री कार्यालय सिंहदरबारलाई समेत पठाईएको सन्देशमा अभियानका राष्ट्रीय संयोजक सुरेन्द्र ढकालले आफुहरुले चीनको दृढ कूटनीतिलाई गम्भीरतापूर्वक हेरिरहेकोले आफैँलाई कतै चीन आफैँले एक चीन नीति त्यागेको त होईन भनेर प्रश्न गर्नुपर्ने अवस्थाअ आएको छ । 

ढकालले दलाई लामा तिब्बतबाट भागेर भारत आउँदा उनलाई शरण दिनुका साथै त्यहीँबाट स्वतन्त्र तिब्बती सरकार चलाउन अनुमति दिएको स्मरण गराउँदै इन्डो-प्यासिफिक स्ट्राटेजी, क्वाड र अकुसको एक हिस्सा भएको नाताले, भारतले चीनलाई ताइवान, हङकङ, मकाउ, तिब्बत र सिनजियाङ गरी ५ स्वतन्त्र देशहरूमा विभाजित गर्ने प्रयास गरिरहेको समेत उल्लेख गरेका छन् । 

उनले भारतले ताइवानसँग औपचारिक आधिकारिक प्रतिनिधिमण्डलको आदानप्रदान सुरु गरिसकेको समेत जानकारी दिएका छन् । उनी भन्छन्, अमेरिका-भारत आणविक सहयोग सम्झौता २००८ सँगै अमेरिकाले आणविक हतियारको सन्दर्भमा भारतलाई चीन जत्तिकै शक्तिशाली बनाएको छ। भारत अझै पनि १९६२ को चीन-भारत युद्धमा भएको पराजयको बदला लिने सपना देखिरहेको छ।

१९७० को दशकमा, तत्कालीन सोभियत संघको समर्थनमा भारतले पाकिस्तानलाई विभाजित गर्‍यो, बंगलादेशलाई स्वतन्त्र देशको रूपमा उदय गर्न मद्दत गर्‍यो र सिक्किमलाई भारतमा गाभ्यो। 

तपाईंले बुझ्नुपर्छ कि एक चीन र एक महान नेपाल एक सिक्काका दुई पक्ष हुन्।

चिनियाँ जनसेनाको हालैको सैन्य परेडले जनवादी गणतन्त्र चीन महाशक्ति बन्ने बाटोमा रहेको तथ्य प्रस्तुत गर्दछ तर के यो शक्तिले मात्र ताइवानलाई मुख्य भूमिसँग गाभ्न सक्छ र भारतलाई दलाई लामा र उनको सरकारलाई भारतबाट निष्कासन गर्न सक्छ?

हामिलाई साथ दिनुभयो भने एक चीनसँगै ग्रेटर नेपाल पनि सम्भव छ ।

हेर्नुहोस् ग्रेटर ग्रेटर नेपाल अभियानको यो पत्र