काठमाडौं - प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेका छन्।

ललितपुरको सुनाकोठीस्थित गुरुङको घरमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेको प्रहरी स्रोतले जनाएको छ।  

प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीले उनको घरमा आगो लगाएका हुन्। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।