काठमाडौं - जेनजी प्रदर्शनका क्रममा इहटरीमा पनि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। 

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि भएको प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । प्रहरीको गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतकको परिचय खुल्न सकेको छैन।

आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए।  आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।