काठमाडौं - केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सामाजिक संजालबाट भ्रष्टाचार,बेथिति र अनियमितता विरुद्ध उठेको उनीहरुको आन्दोलन  सडकमा पुगेको छ । युवाहरू आज बिहान ९ बजेदेखि नै माइतीघरमा भेला भएका हुन् । कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन् ।  उनीहरूले एक विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।

विज्ञप्तिमा भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने कुरा उल्लेख गरिएको छ । यो  

वेक अप युथ,वेक अप जेनजीज् भन्ने नारा बोकेर सडकमा उत्रदैछन् । जेनजि भनिने पुस्ता करिब सन् १९९७ पछि जन्मिएका युवाहरूलाई जनाउँछ। यो पुस्ता प्रविधिमा अत्यन्तै अभ्यस्त छ र इन्टरनेट,सामाजिक सञ्जाल, मोबाइल एप्स र डिजिटल प्रविधिसँगै हुर्किएको पुस्ता हो।

खासगरी  परिवर्तनका पक्षमा सक्रिय रहने र अन्याय,असमानता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँने जेनजि पुस्ताले ट्विटर, इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्ममार्फत आफ्ना विचारलाई छिटो र विश्वव्यापी रूपमा फैलाउँछन्।

उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।

विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ ।

जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ ।

उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभएको भन्दै  नेपालको भविष्यका लागि भएको बताएका छन् ।