काठमाडौं — स्थापना कालदेखि नै समग्र बालबालिकाको अधिकारका लागि सामाजिक क्षेत्रमा सक्रिय संस्था बाल विकास समाजले आफ्नो ३४ औं वार्षिक उत्सव र ३५ औं वार्षिक साधारण सभा समेत गरेको छ । संस्थाले वार्षिक उत्सव कार्यक्रममा संस्थाको सहयोगमा सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत अध्ययक्ष गरिररहेका मध्ये शैक्षिक वर्ष २०८१ मा एस ई ई उत्र्रिण गर्ने ५ जना बालबालिकालाई नगद पुरस्कारसहित सम्मान समेत गरेको हो । छात्रवृत्ति कार्यक्रम अन्तर्गत अध्ययनरत हरेक वर्ष एस ई ई उत्र्रिण गर्ने बालबालिकालाई संस्थाले प्रोत्साहन स्वरुप सम्मान गर्दै आइरहेको छ ।  कार्यक्रममा शुभकमना मन्तव्य राख्दै संस्थाका संस्थापक महासचिव एंव सल्लाहकार शरद शर्माले सस्ंथा स्थापना हुँदाको समयमा र अहिले बालअधिकारका सवाल निकै भिन्नता रहेको बताउनु भयो । सिमित संस्थाले सिमित श्रोतबाट बालअधिकारको सवाल उठाउथे काम गर्थे र आज यसको क्षेत्र व्यापक भएको छ । सरकारले बालबालिकाको सवालमा केही कानुन नियम बनाउनु परेमा अथवा बालअधिकारको सवालमा वहस छलफल कार्यक्रममा त्यसवेला स्थापना भएका बाल विकास समाज अन्य केही सस्थाहरुलाई अगाडी सार्ने छलफल गर्ने अवस्था थियो संस्थापक महासचिव शर्माको भनाई थियो । एउटा गलैचाँ कारखानामा काम गर्ने कामदारका बालबालिका सुरक्षित र स्वस्थ्य हुनुपर्दछ उनीहरु औपचारिक शिक्षाबाट बञ्चित हुनु हुँदैन भन्ने अभियानबाट सुरु गरिएको बालअधिकारको सवाल आज जसरी हरेक बालबालिकाको शिक्षामा पहुँच वृद्धि हुँदै गएको छ, बालबालिकाको सुरक्षा सहभागितामा जसरी वृद्धि हुँदै गएको यो देख्दा आफूलाई निकै गर्व लाग्ने गरेको संस्थापक महासचिव शर्माले बताउनु भयो । 


कार्यक्रममा किर्तिपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्षले शुभकामना मन्तव्य राख्दै बाल विकास समाज निमुखा बालबालिकाको सहारा बनिरहेको बताउनु भयो । हरेक क्षेत्रमा निमुखा रहेका बालबालिकाको उत्थानका लागि संस्थाले राज्यलाई नै टेवा पुग्ने काम गरेको बताउदै संस्थाको जवाफदेहिता र परदर्शीताको अभ्यास राम्रो लागेको उहाँको भनाई थियो । कार्यक्रममा इन्फरमेसन टेक्नोलोजीको सम्बन्धमा पनि संस्थाका कार्यसमिति सदस्य प्रकाश शर्माको सहजीकरणमा छलफल गरिएको थियो । सुचनाको दुनियामा हाम्रा बालबालिकालाई इन्फरमेसन टेक्नोलोजीमा कसरी सहजीकरण गर्ने भन्ने विषयलाई मध्यनगर गरी छलफल पनि गराइएको थियो । संस्थाले बार्षिक साधारण सभामा यो आर्थिक वर्षमा सम्मन्न भएका कार्यक्रमहरुको अनुमोदन सहित आगामी एक वर्षका लागि तयार गरिएका योजनाहरु पारित समेत गरेको थियो । 

कार्यक्रम समापनको क्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष डा. रिता सिंह हमालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै बाल विकास समाज सुविधाविहिन बालबालिकाको सधै आवाज बनिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । 


कार्यक्रममा संस्थाका पदाधिकारी ,आजीवन सदस्य, विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरु, सरकारी कर्मचारी, संघ संस्थाका प्रतिनिधि अभिभावक बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो ।