काठमाडौँ — चन्द्रागिरीमा युवकद्धारा आत्मदाह प्रयास भएको छ । चन्द्रागिरी नगरपालिका–७ घर भएका उत्तम कार्कीले आत्मदाह प्रयास गरेका हुन ।
पारिवारिक स्रोतका अनुसार कार्कीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटना अनुसन्धान गरेर आत्मदाह प्रयास गर्न बाध्य पार्ने महिलालाई कारबाही गर्न परिवारले प्रहरीसँग माग गरेका छन् ।
प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले जाहेरी लिन अस्वीकार गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिइएको पीडितका आफन्तहरूले विशाल नेपाल अनलाइनलाई बताए ।
आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुव्र्यवहार नगरेपनि एक जना महिलाले आफूलाई पटक पटक तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पु¥याएको कार्कीले जिकिर गरेका छन् । आत्मदाह प्रयास गर्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले भने, ‘त्यसमा आवश्यक प्रक्रिया भइरहेको बताएका छन् ।


0 comment