काठमाडौं - प्रहरीले करिब ४ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ जनालाई पक्राउ गरेको छ। फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

पक्राउ पर्नेमा एक पुरुष र तीन महिला छन् । उनीहरु  उज्बेकिस्तानका  नागरिकहरु हुन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।

केही महिनाअघि विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको थियो । एयरपोर्टबाट निस्केर टयाक्सीमा चढेपछिमात्र प्रहरीले सुन बोक्ने केहीलाई नियन्त्रणमा लिएको थियो । सेटिङको आधारमा विमानस्थलबाट दैनिक जसो सुन बाहिरिने र कुरा नमिलेपछि मात्र पक्राउ गर्ने भनेर बाहिर चर्चा हुने गरेको छ ।