काठमाडौं - इलामको रोङ गाउँपालिका–३ हासपोखरीमा टिपरको ठक्करबाट बाउछोराको मृत्यु भएको छ।

झापाबाट इलाम आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको टिपरले ठक्कर दिँदा सख्त घाइते भएका सुर्योदय नगरपालिका-६ फाजिगाउँका ७० वर्षीय पवनकुमार राई र उनका छोरा ४० वर्षीय दिर्घराज राईको उपचारका क्रममा मृत्यु भएको हो।

प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकलमा सवार बाउछोरालाई को १ ख ६४६२ नम्बरको टिपरले ठक्कर दिएको थियो। सख्त घाइते भएका उनीहरुलाई तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकोमा आज उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाम माइजोगमाई गाउँपालिका-२ का टिपर चालक खगेन्द्र थामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।