काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.०२ अङ्कले घटेर २५२९. ३३ बिन्दुमा कायम भएको छ । 

आज ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सिईडीबीको १३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९. ८४ प्रतिशतका दरले कमाएका छन् । 

एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले ८. १२ प्रतिशतका दरले कमाएका छन् भने रावा इनर्जीका लगानीकर्ताले पनि ५ .८१ प्रतिशतका दरले कमाएका छन् ।