एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।

जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ४- ० गोलअन्तरले पराजित गरेको हो । 

शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको कोशी नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।