काठमाडौं - नेपालले क्यानडा र ओमानसँग खेल्ने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल यही भदौ ३१ गते घरेलु टोली क्यानडासँगै खेल्ने एकदिवसीय शृङ्खलाको यात्रा शुरु गर्नेछ ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा भदौ ३१ गतेदेखि असोज १० सम्म हुने हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल र क्यानडासहित ओमान सहभागी हुँदैछन् ।

शृङ्खलामा नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग हुँदा दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ ।

त्यसैगरी तेस्रो खेलमा असोज ६ गते पुनः क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध दोस्रो खेल खेल्नेछ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुने कार्यक्रम छ ।।