काठमाडौं - पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँने भएको छ ।

पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उहाँको सम्मानमा नगर परिक्रमा गराउन लागेको हो।

पलेशा आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा शुरु हुने राखेपले जनाएको छ। 

नगर परिक्रमाको रुट एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिने जनाइएको छ ।

पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ विधा अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जित्नुभएको थियो ।