काठमाडौं - कोशी प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० को गोल अन्तरले पराजित गरेको हो। जितसँगै कोशीले तीन अंक जोडेको छ।

सानुमाया तामाङको गोलबाट अग्रता लिएको कोशीका लागि समिक्षा मगरले २ र प्रतिक्षा राईले गोल गरिन्।

थप‌ ३ गोल दोस्रो हाफ भएको थियो। समिक्षाले ५१ र ५९ औं मिनेटमा गोल गर्दा टोलीको अग्रता ३-० भएको थियो। प्रतिक्षाले ६८ औं मिनेटमा गोल गरेकी थिइन्।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ।

पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् । 

लिगमा भोली सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच ३ बजे खेल सुरू हुनेछ।