काठमाडौं - दशौँ एसियन आईटीएफ तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत भेट्रान प्याट्रनतर्फ स्वर्णपदक विजयी काभ्रेपलाञ्चोकका तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठ र फाइटतर्फ स्वर्णपदक विजयी किशोर बरुण श्रेष्ठलाई सम्मान गरिएको छ । 

काभ्रेपलाञ्चोक तेक्वान्दो आईटीएफ एकेडेमीले बनेपामा एक कार्यक्रम गरि बधाई तथा सम्मान गरेको हो ।

भारतको बेङ्लोरमा यही भदौ ४ देखि ९ गतेसम्म दशौँ एसियन आईटिएफ तेक्वान्दो च्याम्पियनसिप भएको थियो ।