काठमाडौं - साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज समूह ‘ए’ का नेपाल र बङ्गलादेश खेल्दैछन् । 

एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे शुरु हुने आजको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ ।