काठमाडौं - एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग खेल्दैछ । 

खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य रहेको चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो प्रतियोगिताका लागि तयारी गरेको छ । पारो एफसीमा तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडी रहेका छन् ।

भुटानमा लिग खेलिरहेको पारो एफसी अहिले शीर्ष स्थानमा छ ।