काठमाडौँ - नेपालका हिन्दूवादी संघसंस्थाका प्रतिनिधि तथा अखिल भारत हिन्दू महासभाका राष्ट्रिय उपाध्यक्ष डा. राकेश रञ्जनबीच विशेष भेटघाट कार्यक्रम सम्पन्न भयो । सो अवसरमा उपाध्यक्ष रञ्जनले नेपाल र नेपालीबाट हिन्दू राष्ट्र पुर्नस्थापनाको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रञ्जनले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
सो अवसरमा उपाध्यक्ष रञ्जनले सन्त महन्त ऋषिका तपोभूमिमा हिन्दू धर्म परिवर्तन हुनु निश्चय नै दुखद् भएको बताउँदै सेवामुलक, व्यवसायमुलुक सेवा गर्न समेत हिन्दू महासभा एवं भारत सरकार तयार रहने बताउनुभयो । सोको निम्ति आफूले भारतीय सरकारबाट पनि सक्दो प्रयास गर्ने बताउनुभयो ।
उक्त भेटघाटका क्रममा सनातन हिन्दू धर्म शिरोमणि स्वामी रामबाबा, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारी, श्री पशुपतिनाथ सेवक संघका अध्यक्ष केदारमान भण्डारी र भगवती मानव कल्याण संगठन नेपाल राष्ट्रिय समितिका अध्यक्ष रामेश्वर थापाले अखिल भारत हिन्दू महासभाका राष्ट्रिय उपाध्यक्ष डा. राकेश रञ्जन र भारत उत्तर प्रदेश राज्य हिन्दू परिषद्का अध्यक्ष हेमन टसनीसँग विशेष भेटघाट भयो ।
0 comment