राहुल गुप्ता, बारा - महागढीमाई नगरपालिकामा बि आई टी र बिसीए पठन पाठनका लागि थप नयाँ बहुमुखी क्याम्पसको स्थापना हुनेछन् । सो क्याम्पसको नाम महागढीमाई महागढीमाई बहुमुखी क्याम्पस रहनेछ ।

महागढीमाई नगरपालिकाको सहकार्यमा राजर्षि जनक विश्व बिधालय जनकपुरको सहयोगमा महागढीमाई नगरपालिकामा बि आई टी र बिसीएको पठन पाठन हुने नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएको हो महागढीमाई नगरपालिका वडा नं १ अवस्थित रहेका श्री गढीमाई बहुमुखी क्याम्पसको भवनमा बि आई टी र बिसीएको पठन पाठन गराउनका लागि राजर्षि जनक विश्व बिधालय जनकपुर उपकुलपति कार्यालयबाट आएका अनुगमन समिति, श्री गढीमाई बहुमुखी क्याम्पस र महागढीमाई नगरपालिका बिच कक्षा संचालन ब्यवस्थापन नयाँ क्याम्पसको नामकरण सहित नगरपालिका कार्यालयमा आज छलफल भएको छ ।बि आई टी र बिसीए क्याम्पसको नाम महागढीमाई बहुमुखी क्याम्पस रहने र यस क्षेत्रका बिद्यार्थीहरुलाई बि आई टी र बिसीए पठन पाठन गर्नका लागि अन्यत्र जानू नपर्ने यसै चालू आर्थिक बर्ष देखि कक्षा संचालन हुने नगरप्रमुखले बिश्वास दिलाउनु हुनुभएको छ । 

राजर्षि जनक विश्व बिधालयका उपकुलपति कृष्ण यादवका अनुसार महागढीमाई नगरपालिकामा बिश्वको प्रसिद्ध गढीमाई मन्दिर पर्यटकीय क्षेत्र भएको हुनाले यस क्षेत्रलाई शिक्षाको हब बनाउन जरुरी रहेको छ । यस क्षेत्रमा देश तथा बिदेशबाट बाहेर्य पर्यटन आउने भएको हुनाले शिक्षाको स्तरलाई उच्च बनाउन आवस्यक रहेको छ ।श्री गढीमाई बहुमुखी क्याम्पसमा बि आई टी र बि सी ए तत्कालको लागि संचालन हुने र नगरपालिकाले जग्गा ब्यवस्थापन गरेपछि महागढीमाई बहुमुखी क्याम्पस छुट्टै संचालन हुने उपकुलपति यादवले बताउनु भएको छ । 

राजर्षि जनक विश्व बिधालयबाट अनुगमनमा भी सी  अमर प्रसाद यादव, रजिस्ट्रार सत्यनारायण साह,
ब्यवस्थापन डिन बिनोद साह, मानबिकि कानुन  संकायको डिन नरेन्द्र कटुवाल,कार्यकारी सदस्य अनिल कुमार साह राजबंशी, विश्व बिधालय जनकपुर सभा सदस्य सुरेश कोइरी सहितको टोली आउनु भएको थियो छलफलमा श्रीगढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय सुवर्णकार, उपाध्यक्ष जितेन्द्र गुप्ता सदस्य कैलाश महतो कोइरी,क्याम्पसका प्र.अ ध्रबेन्द्र यादव, श्री गढीमाई महेन्द्र प्राबिधिक बिधालयका अध्यक्ष उपेन्द्र गुप्ता,शिक्षक नेजाबुल अंसारी,दिनेश कुशवहा र समाजसेबीको उपस्तिथि रहेको थियो ।