काठमाडौं - साताको पहिलो सेयर कारोबारको दिन आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा पुगेको छ।

आज ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँमा खरिद/बिक्री भए। सेयर बजार दोहोरो अंकले बढेपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

आज मैलुङ खोला जल विद्युत कम्पनीको सेयर भने १० प्रतिशतले घट्यो। 

आज होटेल एन्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २.९६ प्रतिशतले बढ्यो भने अन्य समुहको उपसूचक २.२५ प्रतिशतले बढ्यो । फाइनान्स र ट्रेडिङ समूहको उपसूचक २  प्रतिशत बढिले ओरालो लाग्दा डेभलपमेन्ट बैंक समूहको उपसूचक सामान्य घट्यो । अन्यको उपसूचक सकारात्मक देखिए। 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर शीर्षस्थानमा रह्यो। एनआरएन इन्फ्रास्ट्रक्चरको आज २१ करोड मूल्य बढीको सेयर कारोबार भयो।