काठमाडौं – आजबाट शुरु हुने एसिया कप क्रिकेटको पहिलो म्याज नेपाल र पाकिस्तानको हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले विज्ञप्ती जारी गर्दै दिउँसो २ बजेपछि बिदा दिएको छ । उपमहानगरका वरिष्ठ उपसचिब मेहीलाल यादवले एक सूचना जारी गदै उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् । 

एसिया कप क्रिकेटमा २१ बर्षपछि सहभागिता जनाउन लागेको नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खेल्न लागेको हो । मुल्तान क्रिकेट रङ्गशालामा आज हुने १६औँ संस्करणको एसिया कपको उद्घाटन खेल हुँदैछ । नेपालले क्रिकेट वरियतामा विश्वको नं एक राष्ट्र पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तानको यो पहिलो भेट हो । उक्त खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे हुँदैछ ।