काठमाडौं - हाना विल्कसनको एकमात्र गोलको मद्दतले न्युजिल्यान्डले आजदेखि सुरु भएको फिफा महिला विश्वकपको उद्घाटन खेलमा नर्वेलाई १-० ले पराजित गरेको छ।

न्युजिल्यान्डको अक्ल्यान्डस्थित इडेन पार्कमा भएको खेलको ४८औं मिनेटमा विल्कसनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।

निर्धारित समयको अन्तिम मिनेटमा पेनाल्टी पाएको न्युजिल्यान्डकी रिया पर्सिभाल पेनाल्टीमा चुक्दा न्युजिल्यान्डले अग्रता दोब्बर बनाउन पाएन। जितसँगै आयोजक न्युजिल्यान्डले विश्वकपमा विजयी सुरुआत गरेको छ। 

अस्ट्रेलियासँग संयुक्तरूपमा आयोजक रहेको न्युजिल्यान्डले समूह ‘ए’ अन्तर्गत २५ जुलाईमा फिलिपिन्स र ३० जुलाईमा स्वीटजरल्यान्डसँग खेल्ने छ। 

आजै अष्ट्रेलियाको सिड्नीमा रहेको अष्ट्रेलिया संगशालाम भएको अर्को खेलमा आयरल्याण्डलाई १-० ले पराजित गर्दै अर्को आयोजक अष्ट्रेलियाले पनि विजयी सुरुआत गरेको छ।

अष्ट्रेलियाका लागी स्टेफनी केटलीले खेलको ५२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अष्ट्रेलियालाई जित दिलाएकी हुन् ।  

अष्ट्रेलियाले अब समूह ‘बी’ अन्तर्गत २७ जुलाईमा नाइजेरिया र ३१ जुलाईमा क्यानाडासँग खेल्ने छ।